गाईजात्रा सुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट सो नाच धूमधामले मनाइन्छ । भक्तपुरमा भने जनै पूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा सुरु भएको मानिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा सुरु…