प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा ठुला दल र तिनका नेताहरूले गरेको आङ्कलनविपरीत आइरहेको छ । खासगरी नेपालका प्रमुख सहरमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टी र लुम्बिनी र सुदूरपश्चिमका…