काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् । कान्ति बाल अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाई बताउँछन् । उनका अनुसार बच्चाहरुमा एडिनो…