जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक वर्षमा २ हजार बढि कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ हजार १११ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । समाजमा शान्ति, सुरक्षा तथा अमन चयन कायम राख्ने उद्देश्यले जिल्लाका शहरी क्षेत्रदेखि दुर्गम गाउँसम्म निरन्तर रुपमा गस्ती, सूचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा…