घरको तीन तलासम्म बाढीको लेदो, पीडितले सुनाए कहालीलाग्दो यथार्थ

सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहाल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।…