काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०८२/८३ को बजेट बोकेर संसद् भवन प्रवेश गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ । अल्लोको झोलामा शिलबन्दी गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो । गत वर्षको बजेट प्रस्तुत…