काठमाडौँ, २०७९ को निर्वाचनपछि प्रतिनिधि सभाको ठुलो दल नेपाली कांग्रेस पटक–पटक सत्ता साझेदार दलको भूमिकामा छ । यसबिचमा कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पालैपालो प्रधानमन्त्रीका रूपमा समर्थन जनाएको छ । गत वर्ष असार १७ गते नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमति…