कांग्रेस–एमाले सत्ता बाँडफाँटका भित्री अन्तर्यहरू बाहिर ल्याउन नमिल्ने हुनाले बाहिर ल्याउन मिल्ने कुरा खोजी गर्दा संविधान संशोधन भेटिएको हो । उत्तम त के हुन्थ्यो भने अहिले उनीहरू जे गरिरहेका छन् ‘यसै गर्न हामी मिलेका हौं’ भन्न सक्नुपर्थ्यो । एकले अर्कालाई फोन गरे, भेट्ने समय मिलाए, निर्धारित समयमा भेट भयो, ‘लु हामी मिलेर सरकार बनाऊँ’ भने,…