विराटनगर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली असभ्य भएको आरोप लगाएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको बताएका थिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले प्रधानमन्त्री ओलीले असभ्य कार्य गरेको बताएका छन । ‘को सभ्य को असभ्य भन्ने कुरा तपाईंहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको…