प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफू स्तब्ध भएको बताएका छन् । गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका छन् ।'नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ…