प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका दुई नेताको मन्त्री बन्ने होडबाजीले चर्चा पाएको छ। माओवादीले पाउने भनिएको ७ मन्त्रीका लागि सबै ४९ सांसद दौडमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै बताइसकेका छन्। यी ४९ दाबेदारमा दुई जना यस्ता आकांक्षी छन्, जो एउटै प्रदेशका हुन्। एउटै उमेर समूहका यी…