प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शैय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन्। आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल संघीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए। साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको…