काठमाडौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घटना अहिले चर्चामा छ । दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले शनिबार एउटा कार्यक्रममार्फत आफू एमाले पार्टीमा फर्केको घोषणा गरेकी छन् । यसअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किसकेका छन् । भण्डारी राष्ट्रपति रहँदा पुन उपराष्ट्रपति थिए । दुवै एउटै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति रहे । राष्ट्रपति र उपराष्ट्रपति…