काठमाडौं, फागुन १४ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ४ हजार जना स्वयंसेवक खटाइने भएको छ । पशुपति क्षेत्रविकास कोषले सोमबार पत्रकार सम्मलेन गर्दै दर्शन, लाइन सहजीकरणका लागि स्वयंसेवक खटाउने जानकारी दिएको हो । महाशिवरात्रि प्रचारप्रसार तथा साजसज्जावट व्यवस्था उपसमितिका संयोजक राजु खत्रीले ४ हजार स्वयंसेवक खटाउने तयारी गरेको बताए । उनले पत्रकार…