विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु, हत्या भएको परिवारको आरोप

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो । २०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान गुमाएकी हुन् । २५…