पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याउन परिसरको पत्र

काठमाडौँ, कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेर उपस्थित गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले विराटनगरमा पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई विराटनगरबाट नियन्त्रणमा लिइएको कोशी प्रदेशका डीआईजी…