नेपालको इतिहासमै यतिबेला पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगमले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ तोकेको छ । वि.सं. २०७४ साल (फागुन) यताको तथ्याङ्कअनुसार हालसम्म पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको देखिन्छ ।…