काठमाडौं, प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद ध्रुवबहादुर प्रधानले पूर्वसांसद जोगमेहर श्रेष्ठलाई जोडेर एक सांसदले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाए। उक्त भाषाले नेवार समुदायलाई नै अपमानित गरेको उनले सुनाए। सांसद शेरबहादुर कुँवरले भारतीय सेनामा नेपालीलाई गोरखा भर्ती गर्दै आएकामा अग्निरेखाका…