नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशमा सहभागी अतिथिलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको थियो । कार्यक्रममा संघीय फोनिजको स्मारिका विमोचन गरिएको छ भने काठमाडौंको क्यालेण्डर विमोचन गरिएको छ…