कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

नेपालमा थप ८,२०३ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट झन्डै २१,००० परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा मङ्गलवार पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ।…