मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैँसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक सङ्घर्षरत रहे पनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाइन् । सांसद कार्कीले सरकारले दमनकारी शैलीमा राज्य…