विद्युतीय मोटर प्रयोग गरेर धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु

रौतहटको मौलापुरमा विद्युतीय मोटर प्रयोग गरेर धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । मौलापुर नगरपालिकाको-८ सोनरनियामा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा १४ वर्षीय बालक नरेन्द्र पटेलको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका बालक पटेललाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइको थियो ।…