प्रकृतिको मृत्यु घटनाबारे त्यहाँका मुख्यमन्त्री माझीसँग फोनमा वार्ता

काठमाडौँ,रराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे त्यहाँका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा वार्ता गरेकी छिन् । प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आफूले आग्रह गरेको मन्त्री आरजुले बताइन् । नेपाली…