काठमाडौं, प्रहरीले गर्ने अपराधका घटना अनुसन्धानमा प्रधानन्यायाधीश र महान्यायाधिवक्ताले प्रश्न उठाएका छन् । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरु विषयक कार्यक्रममा सहभागी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र महान्यायाधिवक्ता रमेश बडालले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका हुन् । प्रधानन्यायाधीश राउतले अदालतमा मुद्दा गइसकेपछि प्रहरीले फरार अभियुक्त पक्राउमा चासो नदेखाएको बताएका छन…