काठमाडौं,कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन बिहान ११ बजे सञ्चालन गरिनेछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी(००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय,दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड…