लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ । लोसपाका एक नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं…