महानगर र उपमहानगरमा सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । जनमोर्चा नेता हिमाल पुरीका अनुसार बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्नेछ । माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र…