बीआर चोपडाको चर्चित टिभी सिरियल महाभारत मा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । फिल्ममा काम गर्नु अघि प्रविण एक खेलाडीसमेत थिए ।उनले एसियाली र कमनवेल्थ…