सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिकाले बाढी पहिरो पीडितलाई क्षतिको आधारमा राहत रकम प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षता मंगलबार सम्पन्न कार्यपालिका बैठकले मानवीय क्षति भएकालाई नगद ५० हजार र अन्य क्षति भएकालाई १५ हजारसम्म राहत प्रदान गर्ने निर्णय गरेको हो । प्रवक्ता भोजराज कार्कीका अनुसार तीन वर्गमा बिभाजन गरि क्षतिको मुल्यांकन गरिनेछ…