होरा ईस्पोर्टस्‌को उदय, पब्जीको कमाइबाट सञ्जनले बनाए घर

‘सीआरसेभेन होरा’ अर्थात् सञ्जन गौतम । सन् २०१८ तिर पब्जी खेल्न थाल्दा उनको परिचय सञ्जन गौतम मात्र थियो । खेल्ने प्रयोजनका निम्ति मात्र खेल्थे पब्जी, समय कटाउने मेलो । खेलिरहँदा अरूलाई जिस्क्याउने उनको थेगो थियो, ‘हो र !’ खेलेरै ३ वर्ष बिताएपछि ‘सीआरसेभेन होरा’ नामबाट २८ वर्षीय सञ्जनले यूट्युब च्यानल खोले, र आफ्‌नो खेल स्ट्रिमिङ…