बाबुरामले कारागारमा पुगेर भेटे रवि लामिछानेलाई

नेसपा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् । भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए । उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने…