काठमाडौं, गृहमन्त्रालयले बढुवा रोकेर डिएसपीको काज सरुवा गरेको छ। लामो समयदेखि बढुवाको पर्खाइमा रहेका डिएसपीलाई रोकेर नेपाल प्रहरी प्रधान कार्यालयले केही महत्वपूर्ण प्रहरी कार्यालयका डीएसपीलाई काज सरुवा गरेको हो। डीएसपी जिम्मेवारीमा सबैभन्दा आकर्षक मानिने प्रहरी बृत्त सोह्रखुट्टेमा जागेश्वर भण्डारीको काज सरुवा भएको छ। त्यहाँका डीएसपी सत्यनारायण थापाको कार्यकाल पूरा भएपछि उनको ठाउँमा भण्डारीलाई पठाइएको हो।…