संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं, संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार…