सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी,खोजीकार्य जारी

काठमाडौं, ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो ।मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति…