पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडागाउँका ज्ञानबहादुर राई सदरमुकाम फिदिममा बस्दै अाएका छन । उनको परिवारका सदस्य गाउँमै आइतराज केरुङको घरमा बस्छ। बिहीबार दिउँसो उनकी श्रीमती घरमा चाबी लगाएर मेला (खेतीको काम)मा गएकी थिइन् । उनका छोराछोरी र छिमेकी बालबालिका भेला भएर घरमा खेल्दै थिए । खेल्ने क्रममा बालबालिकाहरुले घर नजिकैको अम्रिसो बारीमा एउटा खिया लागेको बस्तु…