जानकारी नदिइ सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार

काठमाडौं, ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन…