फराकिलो, चिल्लो, चिप्लिएर लडिएलाजस्तो सडकको बिचमा एउटा सालिक छ— राजाको सालिक । ऊ जिउँदो छँदा त्योे सडक उसैको बिर्ताजस्तो थियो । बन्दुकधारीहरूको लावालस्करबिच जब उसको सवारी चल्थ्योे, सडकका कणकण र वायुमण्डलका एक–एक तरङ्ग भयले कम्पित हुन्थे । पुलिसका लाठा र सिपाहीका सङ्गीन, जासुसका आँखा र कन्सुत्लेका चुक्ली, पुरोहितका तोत्र र जिम्दारका तमसुकले दबाइएका, चुसिएका र…