बालेन र सुनितालाई बधाई दिँदै मन्त्री झाँक्रीले भनिन् -‘फोहोर व्यवस्थापनमा मेरो पूर्ण सहयोग रहन्छ’

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोर व्यवस्थापन कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएकी छिन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको समेत बताइन्। “तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडामा पुरानै किसिमले गरेपनि…