सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस्त थिए । बेलुका करिब ५ बजे घरदेखि नजिकैको पसलमा चिसो स्प्राईट खान निस्केका सुजन र छिमेकी २० वर्षीय सुमन झासँग जम्काभेट हुन्छ । केही बेर पब्जी खेलको विषयमा एकअर्कोबीच कुरा हुन्छ । त्यही क्रममा सुमनले एक महिना अघि दुहबीकै सखुवाटोकीको झुलुङगे पुल…