काठमाडौं ,आज पुसे औंसी अर्थात् पितृ कर्मका लागि पवित्र दिन । आजको दिन श्रद्धापूर्वक पितृहरुको तृप्तिका लागि श्राद्ध, दान लगायतका कर्म गरिन्छ । त्यसैले आजको दिन बिहानैदेखि काठमाडौंको गोकर्णेश्वर, गोसाइँकुण्ड, मुक्तिनाथ, कागवेनी, देवघाट, बराहक्षेत्र, कोका, कौसिकीलगायतका स्थानमा श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ । धर्मशास्त्रका जानकार डा. बासुदेव कृष्ण शास्त्री भन्छन्, ‘पुसे औंसीलाई सोह्र श्राद्धभन्दा पनि…