सोलुखुम्बु, नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सातौं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । शनिबार सल्लेरीमा सम्पन्न १७ औं पुर्ण बैठकले पुस २३ र २४ गते सल्लेरीमा जिल्ला अधिवेशन गर्ने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख बिरुदास श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न ९ वटा उपसमिति समेत गठन गरेको छ । बैठकले पार्टी अध्यक्ष डुफ कुमार बास्तोलाको सम्योजकत्वमा राजनीतिक प्रतिवेदन तयारी उपसमिति, हर्क बहादुर राईको सम्योजकत्वमा साङ्गाठानिक प्रतिवेदन तथा प्रतिनिधि ब्यवस्थापन उपसमिति र आशकुमार राई (शिशिर)को सम्योजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
त्यसैगरी रामकाजी श्रेष्ठको सम्योजकत्वमा आर्थिक उपसमिति, बिरुदास श्रेष्ठको सम्योजकत्वमा आवास तथा खाद्यान्न व्यवस्थापन उपसमिति, दिपक राजभण्डारीको सम्योजकत्वमा स्वयम् सेवक परिचालन उपसमिति र मिशन राईको सम्योजकत्वमा साङ्कृतिक उपसमिति गठन गरेको जनाएको छ ।
अधिवेशनमा १९४ सदस्य जिल्ला अधिवेशन आयोजक कमिटी र साङ्गठनिक सदस्यहरुबाट छनोट भएका ३०६ जना गरी ५ सय जना प्रतिनिधीहरुको सहभागिता हुने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार पार्टीको विधान अनुसार जिल्ला आयोजक कमिटीका १९४ प्रतिनिधिहरु स्वतः अधिवेशन प्रतिनिधि हुने छन् ।
तर पार्टीका ३ हजार ३० जना साङ्गठनिक प्रतिनिधीबाट भने ३०६ जना छनोट हुने छन् । जसमा खुल्लाबाट २० जना बराबर १ जना, महिला तर्फ १० जना बराबर १ जना र उत्पिडित जाती तर्फ ५ जना बराबर १ गरी ३०६ जना साङ्गठनिक प्रतिनिधी छनोट हुने नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।











प्रतिक्रिया