मुख्य खवर

मृत भेटिए बलिउड अभिनेता आसिफ बसरा, आत्महत्याको आशंका


२८ कार्तिक २०७७, शुक्रबार ००:००


बलिउड अभिनेता आसिफ बसरा मृत भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता बसरा हिमाञ्चल प्रदेशको कांगडास्थित एक क्याफेमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीले बसराले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ। भारतीय सञ्चार माध्यमले जनाएअनुसार बिहिबार दिउसो उनी कुकुरलाई डुलाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या गर्नु अगाडि आफ्नो कुकुरको साथमा आफ्नो इलाकामा घुमिरहेको भारतीय मिडियाले जनाएका छन् । आसिफ ५ बर्षदेखि एक महिलासँग लिभ इन रिलेशनमा थिए । प्रहरीले महिलालाई गिरफ्तार गरेको छ । आसिफले ‘वो, ब्ल्याक फ्राइडे, जब वी मेट, वन्स अपन अ टाइम इन मुम्बई, कृष ३, हिचकी’ जस्ता चलचित्रमा काम गरेका थिए ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार ००:००