ताजा घटना

मोटरसाइकलको ठक्करबाट टोखामा एक पैदलयात्रुको मृत्यु


२५ पुस २०८१, बिहिबार ००:००


काठमाडौं, मोटरसाइकलको ठक्करबाट टोखामा एक पैदलयात्रुको मृत्यु भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित सडकमा बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
याे पनि पढनुहाेसः

खोटाङबाट काठमाडौं आउदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ। बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरेका हुन्।

घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ। साइड नदिएको निहुँमा सुमोमा तोडफोड गरिएको हो ।

विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले गाडीमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ । पछि सुमोका चालकले गाडी भगाएर काभ्रे प्रहरी चौकीसम्म पुर्याएका थिए ।

गाडी तोडफोड गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार भिडियो क्लिपका आधारमा तोडफोड गर्नेलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि धुलिखेल ल्याइएको छ ।

प्रकाशित : २५ पुस २०८१, बिहिबार ००:००