काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।











प्रतिक्रिया