मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शाह
काठमाडौँ, ३० वैशाख :
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् ।
कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्घाटन दिउँसो ५ बजे हुनेछ
तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि उनले शुभकामना दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् ।
प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ । यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’
प्रतिक्रिया