मुख्य खवर

पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङलाई


१२ श्रावण २०७८, मंगलबार ००:००


ताप्लेजुङ, पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन्। निर्धारित ५४ किलोमिटरको दूरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन्। पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन्।

उनले निर्धारित दूरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे। यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए। बिहान ७:५० बजेबाट सुरु भएको म्याराथनमा पुरुषतर्फ एक सय धावकले सहभागिता जनाएका थिए। म्याराथनका विजेताले नगद १ लाख ५१ हजार १११, द्धितीयले नगद १ लाख ११ हजार १११ र तृतिय हुनेले ५१ हजार १११ रुपैँया प्राप्त गरे।

यता, महिला म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन्। उनले निर्धारित ४५ किलोमिटरको दूरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार गरिन्। त्रिभुवन आर्मीका सरिता बासी दोस्रो र धादिङकी रमिला तामाङ तेस्रो भएका छन्। महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो। बिजेताले नगद ८१ हजार १११ रुपैंया, द्धितिय हुनेले नगद ५१ हजार १११ रुपैंया र तृतिय हुनेले ३१ हजार १११ रुपैयाँ पाउनेछन्।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार ००:००