काठमाडौं, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा प्रशासनिक केन्द्र भवनको जग्गा छनौटको विषयलाई लिएर विवाद बढेको छ । गाउँपालिकामा लामो समयदेखि सहमति हुन नसक्दा केन्द्र कहाँ राख्ने भन्ने बारेमा गाउँसभाबाट निर्णय हुन सकिरहेको थिएन ।
गाउँपालिकाले मापदण्ड बनाएर जग्गा छनौटबारे छलफल गर्दा सहमति जुट्न नसेकेपछि मिति २०७८ असार १० गतेको छैटौं सम्मानीत गाउँसभामा महाकुलुङ गाउँपालिका वडा नं. १ स्थित दम्माई, गत्तेल, सर्सिला र वडा नं. २ स्थित चोङखिदो मध्ये एक उपयुक्त ठाउँ छनौट गर्ने गरि चुनावी प्रक्रियाबाट टुङ्याउने निर्णय भएको थियो ।
सोही निर्णय अनुरुप २०७८ साउन २ गते सम्मानित गाउँसभाबाट जनप्रतिनिधिहरुको मतदानको बहुमतले सर्सिला छनौट गर्यो । जुन छनौटमाथि असन्तुष्ट व्यक्त गर्दै महाकुलुङ गाउँपालिका २ नम्बर वडाले प्रेस विज्ञप्ति जारी गरेको हो ।
प्रेस विज्ञप्ति










प्रतिक्रिया