एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो।
यो पनि पढ्नुहोस:
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नेछन् ।
आजदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप एक जोड मात्रै लगाए पुग्छ ।
काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने तयारी छ ।











प्रतिक्रिया