मुख्य खवर

समाजसेवी ईशा गुरुङलाई महाराज लगायत समाजसेवी अभियन्ताहरुले गरे स्वागत


१९ असार २०८२, बिहिबार ००:००


काठमाडाैँ, समाजसेवी आदरणीय व्यक्तित्व ईशा गुरुङ बेलायतदेखि नेपाल आउनुभएको छ । विशेषगरी अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा उहाँको स्वागतको लागि विजय कृष्णमूर्ति महाराज लगायत समाजसेवी अभियन्ताहरु धेरैले उहाँलाई फुल मालाले स्वागत गरिएको छ ।

निकै नै मनकारी नेपाली चेली नेपालको छोरी समाजसेवी,सामाजिक अभियन्ता, करुणाको सागर हामी सबै नेपाली दाजुभाईहरूको एकदमै प्यारो दिदी धर्ती पुत्री जस्तो छोरीलाई जन्म दिने जन्मेको देशलाइ माया गरी आफ्नो आमालाइ भेटन नेपाल आउनुभएको छ ।

समाजसेवाको क्षेत्रमा परिचित व्यक्ति ईशा गुरुङलाई सम्मानका साथ फुल मालाले स्वागत गरेको हो । त्यसैगरी,स्वागतमा पत्रकारकाे पनि बाक्लाे उपस्थिती रहेकाे थियाे । समाजसेवामा आफ्नो लगाव कुनै स्वार्थका लागि नभएको तर सामाजिक सञ्जालमा आउने नकरात्मक प्रतिक्रियाले निराश बनाउने गरेको समाजसेवी गुरुङले बताउनुभयाे ।

बिदेशमा बसेर पनि काम गरेर घर परिवार साथै नेपाली दाजुभाई-दिदीबहिनी र आमाबाबुको मलम पट्टी बन्नु भएको छ, उहाँहरूले झुपडीको आवाज सुन्नु हुन्छ भने हामीले उहाँहरुलाई सम्मान किन नगर्ने ? अँध्यारो घरमा उज्यालो दिनुहुने उहाँहरू जस्तो ब्यक्तिलाई सम्मान गर्नुपर्दछ ।

मानव जीवनमा सबैभन्दा ठुलो धर्म नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई टेकेर समाजसेवी इशा गुरुङ समाज सेवामा लाग्नुभयाे । लामो समयदेखि पर्देशमै रहे पनि देशको सेवामा भने उहाँ नजिकै बाट हातेमालो गरिरहनु भएकाे छ ।

प्राकृतिक प्रकोप,बाढीपहिरो,आगलागी,भोकमरी जस्ता समस्याहरुमा परेका नेपालीहरुलाई उनले सशक्त रुपमा सहयोग गर्दै अरुको पिडा र दु:खलाई पनि आफ्नै सम्झिदै उहाँ आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेका क्यान्सर,मृगौला पिडित,ब्लड मणी संकलन र देश विकासमा सामाजिक स्तरबाट उठेको सबै परियोजनामा उनले आर्थिक,भौतिक तथा मानसिक रुपमा समेत सहयोग गर्दै आउनुभएको छ ।

नेपालकाे राजनितीमा रबि लामीछानेलाई अन्याय भइरहेकाे र उनलाइ साथ सपाेर्ट गर्ने प्रतिबद्दताका साथ अहिले चलिरहेकाे हस्ताक्षर अभियानमा उनले पनि हस्ताक्षर गर्ने बताउनु भएकाे छ । २ दिन काठमाडाैँ बसेर बाकी दिनमा अन्य याेजना सहित नेपाल बसाइ रहने बताउनुभयाे ।

प्रकाशित : १९ असार २०८२, बिहिबार ००:००