मुख्य खवर

महासंघको बैठकमा विवाद भएपछि विद्यालय कर्मचारीहरू आन्तरिक छलफलमा जुटे


१८ बैशाख २०८२, बिहिबार ००:००


काठमाडौँ, नेपाल शिक्षक महासंघको बैठकमा विवाद भएपछि विद्यालय कर्मचारीहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग ९ बुँदे सहमतिपछि महासंघले आज बैठक आह्वान गरेको थियो । त्यहिबेला सरकारसँग भएको सहमतिबाट असन्तुष्ट पक्षले बैठक हलमै विवाद गरेका हुन्।

बैठक स्थलमा विवाद भएपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले बैठक बोलाएको हो। रत्न राज्य स्कुलमै उनीहरू छलफलमा जुटेका हुन् । परिषद्ले सरकारसँगको सहमति नमान्ने घोषणा गरेको छ। आफ्ना मागहरू सम्बोधन गर्न सहमति नगरेको भन्दै परिषद्ले सरकारसँगको सहमति अस्वीकार गरेको हो ।

प्रकाशित : १८ बैशाख २०८२, बिहिबार ००:००